Skip to content
LAXMI SUNRISE BANK

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित  

अर्थ सरोकार

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम पारित गरेको हो । 

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । 

त्यस्तै, बैठकले १६औँ पञ्चवर्षीय योजना पनि पारित गरेको शर्माले बताइन् । 

योसँगै अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK