×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी लघुवित्त ७ करोड ४९ लाख नोक्सानमा (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

एनएमबी लघुवित्त ७ करोड ४९ लाख नोक्सानमा (विवरणसहित)

२६ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्त ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सानमा रहेको छ।

गत वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद नाफा सँगै खुद ब्याज आम्दानी र संचालन आम्दानी पनि घटेको छ  । खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले घटेर १७ करोड ५३ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ९६ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, गत वर्ष १ करोड ६१ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले यो वर्ष ७ करोड ५० लाख १३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा एनएमबि लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: