×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

Artha Sarokar

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ सय ६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको छ । उक्त निक्षेपको अवधि २०८१ असार २ गतेदेखि सुरु हुनेछ भने २०८२ असार २ गते समाप्त हुनेछ । 

राष्ट्र बैंकका अनुसार मुद्दती निक्षेपमा लगानी हुने कुल १३ करोड २६ लाख रुपैयाँमध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १० करोड ६२ लाख, ‘ख’ वर्गका विकास बैंकहरुमा १ करोड ९८ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६६ लाख रुपैयाँ लगानी गरिनेछ । उक्त लगानीका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको बोलपत्रसमेत आह्वान गरेको छ ।

बोलपत्र पेश गर्दा बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम, उक्त रकममा दिन सक्ने ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । उक्त बोलपत्र जेठ १६ गतेभित्र पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकबाट मुद्दती निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम पूँजीकोष कायम गरेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ । यसका साथै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी