×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा काम गर्ने विदेशी नर्सको संख्या ८ सय ४९

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालमा काम गर्ने विदेशी नर्सको संख्या ८ सय ४९

Artha Sarokar

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालबाट ठूलो संख्यामा जनशक्ति बाहिरिरहेका बेला ८ सय बढी विदेशी नर्स नेपालमा कार्यरत रहेको पाइएको छ । अर्थमन्त्रीले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा यस्तो देखिएको हो ।

आर्थिक सर्वेक्षणअनुसार हाल नेपालका विभिन्न आस्पताल तथा चिकित्सक क्षेत्रमा ८ सय ४९ जना विदेशी नर्सहरु कार्यरत रहेका छन् ।

२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी