×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

LAXMI SUNRISE BANK

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख जिल्ला नारायण नगरपालिका-९ घर भई हाल काठमाडौं तार्केश्वरमा बस्ने २४ वर्षीय राकेश सुनार भनिने गोपाल सुनार र गोर्खा जिल्ला पालुङटार-८ घर भई हाल टोखा नगरपालिका-६ बस्‍ने आयुष भनिने २५ वर्षीय आकाश बाबु विक रहेका छन् ।

उनीहरुले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलब हुने प्रलोभनमा पारेर दुबई पुराएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ परेको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी