Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.५ न्युरोड घर भएका ४७ वर्षीय कमल श्रेष्ठ, ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं.०८ घर भई हाल काठमाडौंको माहाकालमा बस्ने २८ वर्षिया दुर्गा राउत, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. १३ घर भई काठमाडौंको तार्केश्वरमा बस्ने ४० वर्षीय जीत बहादुर क्षेत्रि रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बैशाख २ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके, क्रोयसिया र ईटाली पठाईदिने भन्दौ रकम ठगी गरेका थिए । पक्राउ परेका तीन जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK