×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन १ गतेदेखि विद्युत शवदाह नि:शुल्क हुने

PRIME CA
GLOBAL IME BANK

साउन १ गतेदेखि विद्युत शवदाह नि:शुल्क हुने

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साउन १ गतेदेखि विद्युत शवदाह नि:शुल्क हुने भएको छ । पशुपति आर्यघाटमा रहेको विद्युत शवदाह आगामी साउन १ गतेदेखि नि:शुल्क हुने भएको हो ।

पैसाका कारण समस्या नपरोस् भन्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युत शवदाह नि:शुल्क गर्ने निर्णय गरेका हुन् । सदस्य सचिव डा.थापाले पशुपतिनाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने बताएका छन् ।

उनले भने,  ‘३० वर्षसम्म नबोल्ने भगवानको सेवा गरेँ, तर बोल्ने भगवान कहाँ न्याय माग्न पुगेपछि न्याय पाएँ । सम्पूर्ण न्यायमूर्तिप्रति हार्दिक आभार व्यक्त गर्छु । अब भगवान पशुपतिनाथको सेवामा अहोरात्र खटिनेछु  ।’

विद्युतीय शवदाहका लागि हाल ४ हजार ५ सय शुल्क लाग्ने गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: