×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रवि दाइ, सहकारी ठगीको प्रमाण यहाँ छ…’ (फोटो-कथा) 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘रवि दाइ, सहकारी ठगीको प्रमाण यहाँ छ…’ (फोटो-कथा) 

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको प्रमाण देखाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ । बुधबार नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शन गर्दै नेविसंघले सहकारी ठगी प्रकरणमा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

सार्वजनिक रुपमा सहकारी ठगीमा आफू दोषी प्रमाणित भए राजनीति छोड्ने भन्दै ‘च्यालेन्ज’ गरिरहेका बेला नेविसंघले भने ‘रवि दाइ, सहकारी ठगीको प्रमाण यहाँ छ’, ‘दोषी ठहर हुनलाई त छानबिन हुनुपर्ला नि !’ भन्दै पर्चा–पम्प्लेटसहित प्रदर्शन गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: