×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘श्रम सम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार हो’: प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘श्रम सम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार हो’: प्रधानमन्त्री

Artha Sarokar

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम सम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार रहेको बताएका छन् । उनले बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना मार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको बताएका हुन् ।

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना मार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको छ ’ जारी सन्देशमा भनिएको छ । बुधबार विश्व श्रमिक दिवस, २०२४ का अवसरमा शुभकामना दिँदै दाहालले श्रमिकको हितलाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् ।

त्यस्तै, श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति समेत सरकार प्रतिवद्ध रहेको बताएका दाहालले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने उल्लेख गरेका छन् । संविधानमा उल्लेखित श्रमिकका हक अधिकार र व्यवस्थालाई कार्यान्वयन गर्नु नै सरकारको महत्वपूर्ण कार्यभार भएको दाहालको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो। श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति समेत सरकार प्रतिबद्ध छ ।’

युवा तथा बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको जिकिर दाहालले गरेका छन् । यस्तो छ सूचना:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी