काठमाडौं । सरकारले बञ्चरे डाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ ।
उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा बर्सेनि समस्या आउने गरेको छ । स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन ।
संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बञ्चरे डाँडाको समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र बनाउने बताएका हुन ।
‘बञ्चरे डाँडा ल्याण्डफिल साइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्र स्थापना गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।
फोहोर व्यवस्थापनमा समस्या आउन नदिन स्थानीयबासीसमेतको सहभागितामा संयन्त्र बनाउने नीति सरकारले लिएको घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्