काठमाडौं । सरकारले आगामी वर्ष गरिब घरपरिवार पहिचान कार्यलाई सम्पन्न गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णता दिने उल्लेख गरे ।
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने,‘आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचानको कार्य सम्पन्न गरिनेछ । गरिब लक्षित कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिने छ ।’
राष्ट्रपति पौडेलले पहिचान भएका गरिबको स्थानीय तहमार्फत सरकारले निशुल्क बीमा गर्ने समेत उल्लेख गरे । ‘गरिबीको रेखामुनी रहेका घर परिवारका लागि विद्युतीय चुलो, ट्युबेललगायतका सामग्री उपलब्ध गराइने छ’ राष्ट्रपति पौडेलले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्