काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पतालमा आउने बिरामीले रगत पाउन झन्झटिलो प्रकृया अब सहनु नपर्ने बताएकी छिन् । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रमुख दाहालले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गरेकी छिन् । उनले आगामी दिनमा स्तरोन्नति गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड समेत दिएकी छिन् ।
भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्ला लगायत भारतबाट पनि बिरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उनको भनाइ छ । हाल भरतपुर अस्पतालमा भइहेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको उनी बताउँछिन् ।
कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारी, नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पतालमा उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ ।
हाल २ सय पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्