×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी प्रकरणः संसदीय छानबिन समिति गठनबारे विपक्षी दलमा छलफल हुँदै, गतिरोध हट्नेमा अझै आशंका ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहकारी ठगी प्रकरणः संसदीय छानबिन समिति गठनबारे विपक्षी दलमा छलफल हुँदै, गतिरोध हट्नेमा अझै आशंका ! 

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे सत्तापक्षका दलहरूसँगको वार्ता सकारात्मक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले संसदमा उठाएको विषयमा साथ दिएका दलहरुलाई देउवाले छलफलमा बोलाएका हुन् । 

सत्तापक्षसँगको वार्ता सकारात्मक भए पनि विपक्षी दलहरुसँगको छलफलपछि मात्रै के गर्ने ? भन्ने निर्णयमा नेपाली कांग्रेस पुग्नेछ । विपक्षी दलहरुको बैठक जेठ १५ गते (मंगलबार) बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा बस्नेछ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको कांग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ । 

बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ ।

यता सत्तापक्षसँगको छलफल सकारात्मक रहेको र आजै ७ सदस्यीय संसदीय छानबिन समिति गठन गर्नुका साथै आजै कार्यादेशसमेत टुंगो लगाउने तयारी गरेको भनिरहँदा विपक्षी दलका केही नेताहरुले भने समिति बनाउने विषयमा आपत्ति जनाएका छन् । कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्ने भनेपछि केहीले भने गृहमन्त्रीको नामै उल्लेख गर्नुपर्ने अडान लिएका छन् । यद्यपि संसदको गतिरोध हट्ने वा नहट्नेबारे विपक्षी दलको बैठकले निर्णय गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी