×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ ६ गतेदेखि ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । सो सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

आवेदन आगामी ३५ दिनभित्र   दिनुपर्नेछ । आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी