काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दुवै सदनको बैठक शुक्रबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप शुक्रबारदेखि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने कानूनी प्रावधान छ । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ भने जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । अधिवेशन सुरु हुनुअघि अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकहरुसँग चरणबद्ध छलफल समेत गरिसकेका छन् ।
बजेट अधिवेशनमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध हुन सक्ने देखिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएपछि त्यसबारे संसदीय समिति गठन गरी छानविन हुनुपर्ने भन्दै कांग्रेसले संसद्मा अवरोध गर्दै आएको छ ।
संसद् सचिवालयका अनुसार शुक्रबारको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची राखेको छ । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका सांसदहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्