काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो ।
बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले बैठकमा विरोध जनाएका थिए ।
बैठकमा कांग्रेसका सांसदहरुले ‘सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए ।
बैठकमा उनीहरुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्