काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८ सय ३३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा कलिन्चोव्क दर्शन लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्