Skip to content
LAXMI SUNRISE BANK

आइतबार २२.१४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८ सय ३३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा कलिन्चोव्क दर्शन लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK