काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।यस अलवा नेपाल वेयरहाउजीङ कम्पनी, कलिन्चोव्क दर्शन, पोखरा फाइनान्स, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, पोखरा फाइनान्स, हाथवे इन्भेस्टमेन्ट, कालिन्चोक दर्शन र एनआइसी एशिया बैंकमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। बुद्धभूमि नेपाल हाइड्रोपावरमा यस्तो गिरावट आउँदा १०.२५% नेपाल एसबिआई बैंक डेबेञ्चर २०८३, सिक्लेस हाइड्रोपावर, प्रभु सेलेक्ट फण्ड र उपकार लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्