काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस मजदुरहरूको अधिकार प्राप्तिका लागि संघर्ष गर्न अहिले पनि प्रतिबद्ध रहेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपालमा वि. सं. २०१६ मा नेपाली कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदुरहरूलाई कानूनसम्मत अधिकार प्रदान गरेको स्मरण गरेका हुन् ।
‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूले अनेक समस्यालाई बेहोरिरहन परेको छ, उनले भने, ‘उहाँहरूको समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वर्द्धन गर्न तथा सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न नेपाली कांग्रेस क्रियाशील रहेको छ ।’
सभापति देउवाले मे १ तारिखलाई मजदुर वर्गले संघर्ष गरेर प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा स्मरण गरेका छन् । ‘मे १ तारिख— मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो, सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलनको सफलताको स्मरण हो,’ सभापति देउवाले भनेका छन्, ‘यो दिनलाई संसारभरिका मजदुरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।’
वि. संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइराला लगायत धेरै नेताहरूलाई पक्राउ गरेको थियो । सभापति देउवाले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु नै त्यही मजदुर आन्दोलन रहेको बताएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्