काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण गुनासो सुन्न र समस्यालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकका समस्यालाई प्राथमिकता दिएर श्रमाधान कल सेन्टर सञ्चालन ल्याएको जानकारी दिएका छन् ।
उनले भने, ‘श्रमाधान मन्त्रालयको यस्तो वृहत र व्यवहारिक योजना हो, जसले नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने योजना राखेको छ ।’
नागरिकले यसअघि आफूले श्रमसँग अनेक समस्या लिएर विभिन्न निकाय धाउनुपर्ने बाध्यता रहेको र मन्त्रालयले श्रमाधानको सञ्चालन गरेसँगै अब सम्पूर्ण श्रमिकले एकै स्थानबाट सम्पूर्ण समस्याका समाधान पाउने मन्त्रालयको दाबी छ । श्रमिकहरूले श्रमधानमा गुनासो गर्नका लागि वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरमा पुगेर आफ्नो समस्या राख्न सक्छन् भने अन्य विभिन्न माध्यमबाट समेत गुनासो गर्नसक्ने मन्त्रालयले व्यवस्था गरेको छ ।
मन्त्री अर्यालले भने, ‘नागरिकले विद्युतीय माध्यम ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रव्यदृश्य आदि माध्यमको प्रयोग गरेर श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्