×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रमिकको समस्या समाधानका लागि मन्त्रालयले घोषणा गर्यो श्रमाधान योजना

PRIME CA
GLOBAL IME BANK

श्रमिकको समस्या समाधानका लागि मन्त्रालयले घोषणा गर्यो श्रमाधान योजना

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित श्रमधान योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले यस्तो घोषणा गरेको हो ।

श्रममन्त्री डोल प्रसाद अर्यालले श्रमधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने जानकारी दिएका छन् । उनले भने, ‘मन्त्रालयले अहिले सञ्चालन गरेको कल सेन्टरको काम सीमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो ।’

श्रमदानको पहिलो चरणमा सातवटा क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएका छन् । श्रममन्त्री डोल प्रसाद अर्यालले इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरूलाई एक विशेष रगंसँग जोडिएको बताएका छन् ।

श्रमधान योजनाको पहिलो कार्यक्रम ‘सेकेन्ड इनिङ’, दोस्रोमा ‘रोजगार बैंक’, तेस्रोमा ‘समता’ कार्यक्रम, चौथोमा ‘कानुन’ कार्यक्रम, पाँचौमा ‘कनेक्ट’ कार्यक्रम, छैटौँमा ‘साथ’ कार्यक्रम र सातौँमा ‘कल सेन्टर’ कार्यक्रम रहेको छ ।

श्रमधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: