काठमाडौं। नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको नेपाल इनटरनेशनल टुरिजम एक्स्पोमा हस्पिटालिटी पार्टनरका रुपमा द सोल्टी होटेल एण्ड रिर्सोट रहने भएको छ । यस विषयमा दुवै पक्षबीच होटेल सोल्टीमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्न उद्देश्यले समिट इभेन्ट एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रबर्द्धन एवं विभिन्न संघ संस्थाहरूको सहकार्यमा यही जेष्ठ ३२ र असार १ गतेमा भृकुटीमण्डपको प्रदर्शनी हलमा एक्सपोको आयोजना हुन गइरहेको छ ।
हस्पिटालिटी पार्टनरको सम्झौतापत्रमा द सोल्टी होटेल एण्ड रिसोर्टका तर्फबाट होटलका उपाध्यक्ष सुदर्शन चापागाईँ र समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा स्ट्रिम पिक इन्टरनेसनल प्रा.लि.का सेल्स एन्ड मार्केटिङ डाइरेक्टर हरिश भट्ट, सोही कम्पनीका कर्पोरेट डाइरेक्टर अश्विनी आचार्य (सेल्स एन्ड मार्केटिङ) तथा एसोसिएट डाइरेक्टर (सेल्स) नवराज नेपाल र समिट इभेन्ट्स एन्ड मार्केट्सका फेयर डाइरेक्टर सुजन ओलीको सहभागिता रहेको थियो ।
टुरिजम एक्स्पोमा देश तथा विदेशमा रहेका पर्यटनसम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे,ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाइन्स) सरोकारवाला व्यक्ति तथा निकायलाई लक्षित गरिएको यो प्रदर्शनीमा न्युनतम १६ देश, २५० क्रेता तथा १ हजार आगन्तुकको सहभागिता रहने कम्पनीका निर्देशक शिशिर खनालले जानकारी दिए । मूलतः पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठुलो भूमिका खेल्ने यस्तो प्रदर्शनी अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथा व्यापारको व्यापक विस्तार हुने कुरामा कम्पनीले विश्वास लिएको उनले बताए ।
हालसम्म यो एक्सपोमा ट्रान्सपोर्ट पार्टनरका रुपमा स्विफ्ट होलिडेज, हेल्थ पार्टनरका रुपमा ह्याम्स अस्पताल, तथा डिजिटल पेमेन्ट पार्टनरका रुपमा खल्तीले सम्झौता गरिसकेका छन् । त्यस्तै, नेपालको अर्को ठुलो होटल तथा रिसोर्ट चेन ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सले पनि हालसालै सहकार्य गरेको छ ।
नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेको छ । जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ । एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमा यो कार्यक्रम रहने विश्वास गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्