Skip to content
LAXMI SUNRISE BANK

नेपाली श्रमिकहरूका लागि सन सेक्युरिटिजले सञ्चालनमा ल्यायो रेमिट डिम्याट खाता

अर्थ सरोकार

काठमाडौँ । सन सेक्युरिटिज प्रालिले नेपाली श्रमिकहरूका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । कम्पनीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरूका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको हो ।

कम्पनीले उक्त खाताको माध्यमबाट विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता नि:शुल्क खोल्ने तथा आजीवन नि:शुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्ने विश्वास लिएको छ ।

यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट धेर थोर रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यस सेवाको सुरुवात गरेको हो । कम्पनीको वेबसाइट www.sunsecurities.com बाट ओपन अकाउन्टमा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरू संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाइ गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनहरूको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकहरूका लागि बैंक वित्तिय संस्था सँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरूले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उक्त सेवासँग आबद्ध हुने क्रममा ग्राहकहरूसँग कुनै पनि जिज्ञासा वा समस्या रहेमा कम्पनीले ग्राहक सेवाका लागि कम्पनीको फेसबुक पेज https://www.facebook.com/sunsecurities64 को मेसेजबाट, ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७२३३००० बाट तथा कम्पनीको सपोर्ट नम्बर ०१५९७१५०० बाट उपलब्ध गराएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK