×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति

PRIME CA
GLOBAL IME BANK

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि विद्युत नियमन आयोगले पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३ सय ५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजारको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।

प्राथमिक सेयर निष्कासन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढिसकेको छ ।  सेयरको प्रत्याभूतिको कार्य नेपाल एसविआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेवा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

कुमारी बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक सँगको सहवित्तीय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । त्यस्तै, आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइहेको छ ।

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको  बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका सेयर धनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए । यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनबाट नेविप्राको समुन्द्रटार सबस्टेशन जडान गरि काठमाण्डौको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्याधुनिक मसिन जडान गरिनेछ  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: