×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय वोमी लघुवित्तले सम्पन्न गर्यो वित्तिय साक्षरता तथा व्यावसायिक बाख्रा पालन तालिम

PRIME CA
GLOBAL IME BANK

सूर्योदय वोमी लघुवित्तले सम्पन्न गर्यो वित्तिय साक्षरता तथा व्यावसायिक बाख्रा पालन तालिम

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय करापुटार लमजुङ जिल्लाको क्बहोला सोथार गाउँपालिका वडा नं ५ स्थित सिङ्दिमा १ दिने वित्तिय साक्षरता तथा व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ । लघुवित्तले समुहमा आवद्ध समुह सदस्यहरूको क्षमता अभिवृद्धिका लागि १ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न गरेको हो ।

स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय करापुटारमा आवद्ध ५५ जना सदस्यहरूमा सञ्चालित कार्यक्रममा प्रशिक्षक अनुप देवकोटाले तालिमलाई सहजीकरण गरेका थिए । तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरूमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमलाई सञ्चालन सम्बन्धित शाखाका शाखा प्रमुख देवेन्द्र लम्सालले गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता संस्था आवद्द सदस्य तथा क्बहोला सोथार गाउँपालिका वडा न ५ कि महिला सदस्य बर्ता गुरुङ, प्रमुख अतिथि सोही वडाका वडा अध्यक्ष गीत बहादुर गुरुङ, अतिथिमा सोही वडाको सदस्य, आमा समुह उपाध्यक्ष , सचिव र सूर्योदय वोमी लघुवित्त स्टेसन कार्यालय लामाचौरका अधिकृत मेख बहादुर आलेलगायत त्यहाँ कार्यरत कर्मचारीहरूले व्यवस्थापन गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य शाखाको लेखापाल अनुप राज घिमिरेले गरेका थिए भने शुभकामना मन्तव्य कार्यक्रमको औचित्य तथा वित्तिय साक्षरता सम्बन्धी कुराहरू अनुगमन अधिकृत मेख बहादुर आलेले राखेका थिए ।

सो संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम  गर्ने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: