×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अलटाइम हाईको एरियामा ताइवानको सेयर बजार, १८ महिनामा सूचक ६८ प्रतिशतले बढ्यो, थप बढ्ने अपेक्षा ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अलटाइम हाईको एरियामा ताइवानको सेयर बजार, १८ महिनामा सूचक ६८ प्रतिशतले बढ्यो, थप बढ्ने अपेक्षा ! 

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अस्थिर राजनीतिका कारण तनाब झेलिरहेको ताइवानको सेयर बजार अल टाइम हाईको एरियामा सर्भाइभ भइरहेको छ । तनावकाबीच पनि ताइवानको सेयर बजारमा दैनिक वृद्धि देखिएको हो ।

हाल ताइवानको सेयर बजार मापक ताइवान क्यापिटलाजेशन वेटेज स्टक इन्डेक्स (टिडब्लुएसइ) २१ हजार २ सय ५८ बिन्दुमा पुगेको छ । 

ताइवानको सेयर बजार पछिल्लो १८ महिनामा ६८ प्रतिशत अर्थात ८ हजार ८ सय ४१ बिन्दुले बढिसकेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ताइवानको सेयर बजारमा देखिएको बढोत्तरी अझै माथि जाने अपेक्षा गरिएको छ । 

पछिल्ला दिन एआई टेक्नोलोजीको बढ्दो प्रयोग र मागका कारण ताइवानको सेयर बजारमा राम्रो बढोत्तरी देखिएको विश्लेषकहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी