काठमाडौँ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम विद्यार्थीहरुका लागि खर्च गर्ने घोषणा गरेका छन् । उनले तलबभत्ताबापत दुई वर्षमा पाएको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गर्ने घोषणा गरेका हुन् ।
सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उपप्रमुख बुढाथोकीले बताएका छन् ।
‘मैले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए । कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन ।’, उपप्रमुख बुढाथोकीले भने, ‘अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु ।’
त्यस्तै, कहिलेकाहिँ आउने पैसाले नपुगे आफ्नो खल्तीकोसमेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताएका छन् । त्यस्तै, उनले नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नको लागि दिएको र एकजना चालकले भने आफ्नो सुविधा लिएको बुढाथोकीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्