काठमाडौँ । पछिल्लो १० महिनामा काठमाडौँ महानगरपालिकाले साढे ४ अर्ब आन्तरिक राजस्व उठाएको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि बैशाखसम्म महानगरले कुल ४ अर्ब ४७ करोड १९ लाख राजस्व उठाएको हो । जुन महानगरले गत आर्थिक वर्षमा उठाएको राजस्वभन्दा ८ करोड ५७ लाखले धेरै हो ।
महानगरले संकलन गरेको राजस्वमा सबैभन्दा धेरै हिस्सा घर बहाल करको रहेको छ । यस अवधिमा घरबहाल करबाट मात्रै महानगरले १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, महानगरले समीक्षा अवधिमा महानगरले ३ करोड २२ लाख रुपैयाँ प्रशासनिक सेवा शुल्क राजस्व उठाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा महानगरले यस्तो राजस्व ७२ लाख ९ हजार मात्रै उठाएको थियो ।
यस्तै, चालु आर्थिक वर्षको १० महिनामा महानगरले शिक्षा क्षेत्रको आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । यसअवधिमा महानगरले शिक्षातर्फ ४६ लाख ८९ हजार रुपैयाँ उठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्