काठमाडौं। मनाङमा आठ महिनामा ९ सय ५० सवारीचालक कारवाहीमा परेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार/जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारवाहीमा परेका हुन् ।
प्रहरी नायव उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारवाहीबाट ९ लाख ९३ हजार पाँच सय राजस्व संकलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट रु ५१ हजार, कार जीपबाट रु आठ लाख २९ हजार पाँच सय, ट्याक्टर कारबाहीबाट रु ५२ हजार, मोटरसाइकल कारबाहीबाट रु सात हजार राजस्व संकलन भएको उनले बताए ।
चालु आर्थिक वर्षको साउनमा ८० सवारीचालकबाट रु ८१ हजार पाँच सय, भदौमा ६७ बाट रु ६५ हजार, असोजमा एक सय ४५ बाट रु एक लाख ४८ हजार पाँच सय र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट रु दुई लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ । यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट रु एक लाख ६६ हजार, पुसमा ४३ बाट रु ३८ हजार पाँच सय, माघमा १५ बाट रु ११ हजार पाँच सय, फागुनमा ४२ बाट रु ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले रु ९९ हजार राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।
मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए । उनले भने, ‘मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्