×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डल्ले च्याउको मूल्य बढ्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

PRIME CA
GLOBAL IME BANK

डल्ले च्याउको मूल्य बढ्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य बढेको छ । डल्ले च्याउ ४० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा (तराई) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ र सेतो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, तराई गाजर ४० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला (हाइब्रिड) ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ९०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, घ्यु सिमि राजमा ९०, टाटे सिमि १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ८०, लौका ४०, लोकल परवर ८० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौला ५०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ९०, सखरखण्ड ७०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो साग १३० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, कन्य च्याउ १२०, डल्ले च्याउ ३२०, कुरिलो ३००, न्युरो ११०, ब्रोकाउली १००, चुकन्दर ६०, सजीवन ८०, कोइरालो ३००, रातो बन्दा ६०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ११०, पार्सले २५०, सौफको साग १३०, पुदिना १८०, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी ८०, हरियो लसुन १००, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १८० रुपैयाँ र छ्यापी हरियो १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती ३००, अनार २५०, हरियो अंगुर २००, कालो अंगुर २८०, तरबुजा (हरियो) ३५, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, रुख कटहर ७०, लोकल काक्रो ४५, हाइब्रिड काक्रो २०, नेपाली मेवा ९०, भारतीय मेवा ९० र स्ट्रबेरी ४०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: