काठमाडौँ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सो पद दुई वर्षे अवधिका लागि हुने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले उक्त पदका लागि सम्बन्धित सङ्कायमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । बैंकका अनुसार आवेदकसँग ८ वर्षको काम गरेको अनुभव हुनुपर्नेछ ।
उक्त पदमा काम गर्ने कर्मचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायहरूसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ ।
योग्यता पुगेका आवेदकले अनलाइन मार्फत जेठ ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्