×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गोत्र के हो ?’ शीर्षकमा लेख लेख्न कौडिन्य गोत्रीय महासमाजको आह्वान, उत्कृष्ट लेखलाई ५ हजार पुरस्कार 

GLOBAL IME BANK

‘गोत्र के हो ?’ शीर्षकमा लेख लेख्न कौडिन्य गोत्रीय महासमाजको आह्वान, उत्कृष्ट लेखलाई ५ हजार पुरस्कार 

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कौडिन्य गोत्रीय महासमाजले गोत्र के हो ? एउटै गोत्रभित्र वा कौडिन्य गोत्रभित्र बिहाबारी गर्नुहुन्न भन्ने मान्यता छ, किन ? भन्ने शीर्षकमा लेख वा रिपोर्ट लेख्न आह्वान गरेको छ ।

महासमाजले उक्त बिषयमा पाँच हजार शब्द भन्दा बढी लेख्नेलाई कम्तीमा पाँच हजार रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराउने जनाएको छ ।

महासमाजद्वारा जारी विज्ञप्तिका अनुसार एउटा उत्कृष्ट लेख महासमाजको केन्द्रीय कार्यसमितिले छान्नेछ भने अन्य बाँकी लेख वा रिर्पोटहरु महासमाजको प्रकाशनहरूमा छापिने छन् ।

महासमाजले समाजमा एउटै गोत्रबीचमा बिहाबारी भइरहेको र बिहाबारी रोक्न गरिएका धार्मिक र परम्परागत प्रयासहरूलाई चिर्ने प्रयास स्वरुप बौद्धिकबृतमा बहसहरु चलाएको उक्त लेख लेखनका लागि खुला गरिएको विज्ञप्तिबाट अनुमान लगाउन सकिन्छ ।

एउटै गोत्रबीच विवाह गर्न नहुने धार्मिक विश्वास भएपनि समाजमा धेरै परिवारले एउटै गोत्रभित्र बिहाबारी गरी सन्तानसमेत भएर घरबार भएका उदाहरणहरू धेरै रहेका छन् । यस विषयमा आधिकारिक र समाजलाई पच्ने धारणा बनाउन समाजको चासो भएको देखिन्छ ।

 महासमाजले लेख लेख्न आग्रह गर्दै कुनैपनि जिज्ञासा भए महासमाजमा सम्पर्क गर्न आग्रह गर्दै नम्बरसमेत सार्वजनिक गरेको छ । सम्पर्क नम्बरहरू ९८५१०२७२८३, ९८५१००९६६९, ९८४१२८३२१३ रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: