काठमाडौँ । राष्ट्रपति कार्यालयको बेरुजु नरहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा राष्ट्रपति कार्यालयको बेरुजु नरहेको पाइएको हो ।
राष्ट्रपति कार्यालयसँगै अन्य केही संवैधानिक निकायहरुको र आयोगहरुमा बेरुजु नरहेको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयअनुसार उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालय, संवैधानिक निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा लगत बेरुजु देखिन नआएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन महालेखापरीक्षक तोयम रायाले यही १३ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्