Skip to content
LAXMI SUNRISE BANK

पोर्चुगल पठाइदिने भन्दै १० लाख ठग्ने एक महिला पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीय गोमा रानी थोकर रहेकी छिन्। 

उनले दुई जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाइदिने भन्दै १० लाख ३६ हजार रुपैयाँ ठगी गरेकी थिइन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ ६ गते नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK