Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३४ वर्षीय नर्वदा कुमारी खड्का र ४० वर्षीय पासाङ लामा पक्राउ परेका हुन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
नर्वदा कुमारी खड्काले क्यानडा पठाईदिने भन्दै ३ लाख ८५ हजार रुपैयाँ र पासाङ लामाले दुई जनालाई पोर्चुगल पठाईदिने भन्दै ५ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK