काठमाडौँ । ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट हुने भएको छ । बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट हुने भएको हो ।
बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखा कार्यालयहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ ।
त्यस्तै, समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा.सन्तोष शाक्यले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्