×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहीबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २२ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २१ हजार ८ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५७७.५० रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: