×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अब पुरानै ढर्राले व्यवसाय चल्दैन’- गभर्नर अधिकारी

GLOBAL IME BANK

‘अब पुरानै ढर्राले व्यवसाय चल्दैन’- गभर्नर अधिकारी

११ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अबका दिनमा व्यवसाय पुरानै ढर्राले नचल्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अब व्यवसाय चल्नका लागि भित्रिँदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् । 

अहिले पुरानै ढर्रामा व्यवसाय कुनै पनि हालतमा नचल्ने भन्दै गभर्नर अधिकारीले आफू बिग्रिएर अरुलाई गाली गर्न नहुने बताएका छन् ।

‘देशभित्र राम्रो अवसर छ । तर, आ-आफ्नो व्यवसाय गर्दा स्वमूल्यांकन चाहिँ गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ ।’, गभर्नर अधिकारीले भने, ‘हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्याइदिने संस्कृति विकास हुँदैछ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुँदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त ?’

त्यस्तै, उनले राष्ट्र बैंकले सहज रुपमा व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने पनि बताएका छन् । साथै आगामी आर्थिक वर्षका लागि साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका अधिकारीले आवश्यक सुझावहरु संकलन गरिरहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: