काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र फोनपेबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउने सम्झौता भएको छ।
नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अव युपीआई आबद्ध एपहरू (फोनपे, भीम युपीआई, गुगल पे) प्रयोग गरी आफूले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् । बैंकले पी२एम भुक्तानी च्यानल सञ्चालन गर्न फोनपेसँग सम्झौता गरेको हो ।
नेपाल एसबीआईको फोनपे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै युपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्ने बैंकले जनाएको छ।
उक्त सम्झौताले नगदरहित कारोबारीलाई प्रबर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ । सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमख वित्तिय अधिकृत राजेश कुमार पण्डा र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यदाबेन्द्र कांत, प्रमख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्