×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी 

GLOBAL IME BANK

एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी 

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनभिडिया विश्वकै मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वकै मूल्यवान कम्पनी बनेको हो ।

हाल एनभिडियाको बजार पूँजीकरण (३.३४ ट्रिलियन डलर) ३३ खर्ब ३४ अर्ब डलर पुगेको छ । मंगलबार कम्पनीको सेयर मूल्य १३५.५८ डलर पुगेको छ । 

आर्टिफिसियल इन्जलिजेन्स (एआई)मा प्रयोग हुने सेमीकन्डक्टरको माग उच्च भएसँगै एनभिडियाको नाफामा उच्च वृद्धि भएको हो । यही कारण अमेरिकाकै बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

मंगलबार नै माइक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर रहेको छ भने एप्पलको बजार पूँजीकरण ३.२९ ट्रिलियन डलर रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: