काठमाडौं। वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं.०४ सितापाईला बस्ने १८ वर्षीय अंकित बस्नेत रहेका छन्।
उनले फेसबुक ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा कम्बोडिया पठाउने विज्ञापन राखेर ठगी गरेका थिए। पीडितहरूलाई विदेश पठाउने प्रलोभनमा पारेर आफ्नो बैंक खातामा प्रतिव्यक्ति ५ लाख पठाउन लगाएको प्रहरीले जनाएको छ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ २८ गते नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।
हाल उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर, टेकु पठाईएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्