Skip to content
LAXMI SUNRISE BANK

सुटमालामा ‘सुट एक्सचेञ्ज अफर’, पुराना कोटसँग नयाँ कोट साटिने !  

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको सुटमालाले ‘सुट एक्सचेञ्ज अफर’ ल्याएको छ । ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँको बागबजारस्थित सुटमालाले ‘सुट एक्सचेञ्ज अफर’ ल्याएको हो । 

सुटमालाको उक्त अफर अन्तर्गत उपभोक्ताहरुले आफ्ना पुराना कोट तथा सुटसँग नयाँ सुट साट्न सक्नेछन् । 

सुटमालामा सीईओ राज कार्कीका अनुसार पछिल्लो समय सुटमालामा आउने धेरै ग्राहकहरुको प्रतिक्रियापछि र उपभोक्ताको आवश्यकता भएकाले पनि ‘सुट एक्सचेञ्ज अफर’ ल्याइएको हो । उक्त अफर जेठ २५ गतेदेखि असार २५ गतेसम्म लागू रहने कार्कीले बताएका छन् । 

उक्त अफरमा उपभोक्ताहरुले आफूसँग भएका पुराना कोट तथा सुट लिएर सुटमाला जानुपर्नेछ । त्यसपछि सुटमालाले उक्त सुट मूल्यांकन गरेर त्यसको मूल्य निर्धारण गर्नेछ र आफूले खरिद गर्न चाहेको नयाँ सुटमा उक्त मूल्य घटाइनेछ । यसरी एक्सचेञ्ज गरिएका सुट बजार मूल्यभन्दा सस्तो र गुणस्तरीय हुने सुटमालाका सीईओ कार्कीले बताएका छन् । 

‘हरेकलाई सुट चाहिन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थी, सेलिब्रेटी, सञ्चारकर्मी, शिक्षक, श्रमिक, उद्यमी लगायतका सम्पूर्ण वर्गलाई सुटको पहुँचमा पुर्याउन अफर ल्याइएको सुटमालाले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK