×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ट्राफिक प्रहरीको ‘चालकसँग १ मिनेट अन्तरक्रिया’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनगढीमा ट्राफिक प्रहरीको ‘चालकसँग १ मिनेट अन्तरक्रिया’

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कैलालीमा ट्राफिक प्रहरीले ‘चालकसँग १ मिनेट अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१९ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीले ‘चालकसँग १ मिनेट अन्तरक्रिया’ कार्यक्रम गरेको हो ।

सवारी चालकलाई ट्राफिक नियम सिकाउने र सडक दुर्घटना न्यूनिकरण गर्ने मुख्य उद्देश्यसहित उक्त कार्यक्रम सम्पन्न गरिएको अस्थायी प्रहरी पोष्ट फुलवारीका इन्चार्ज तथा प्रहरी हवल्दार शिद्धराज विष्टले बताएका छन् । 

विष्टका अनुसार ‘चालकसँग १ मिनेट अन्तरक्रिया’ कार्यक्रममा सडकमा हिँडिरहेका बाईक, अटोरिक्सा, ट्याक्टर लगायतका सवारी रोकेर चालकलाई १ मिनेट ट्राफिक नियमबारे बुझाइएको छ ।

गाउँगाउँमा भेला गराएर ट्राफिक नियमबारे प्रशिक्षणसमेत गरिरहेको अस्थायी प्रहरी पोष्ट फुलवारीले निश्चित ठाउँमा गरिने प्रशिक्षणले सबैलाई समेट्न नसकिने भन्दै सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई सडकमै रोकेर १ मिनेट ट्राफिक नियम, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा तथा सडक दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने उपायबारे प्रशिक्षण दिइएको प्रह विष्टले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी