×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार गुन्द्रुकको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार गुन्द्रुकको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

७ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गुन्द्रुकको मूल्य बढेको छ । गुन्द्रुकको मूल्य ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी २८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, सानो गोलभेडा (टनेल) १३ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८२ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, सेतो मुला हाइब्रिड ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १००, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ४०, सखरखण्ड ६०, भिण्डी ५०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ६०, ब्रोकाउली ९०, चुकन्दर ५०, सजिवन १५०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १५०, पार्सले २५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) १५०, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ६०, हरियो धनियाँ ९०, चाइनिज सुकेको लसुन २१०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती १८०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, तरबुजा (हरियो) ४०, मौसम १५०, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, लिच्ची (लोकल) १२०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी