काठमाडौँ । काठमाडौँसहित भीएस निकेतन कलेजमा सेयर बजार लक्षित सप्ताहव्यापी पेपर ट्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कलेजमा बिबिए अध्यययन गरिरहेका विद्यार्थीहरुका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
१०० बढी विद्यार्थीहरु सहभागी भएको सो तालिममा सेयर बजारका आधारभूत विषय, ट्रेड गर्दाका अनुसासन, ट्रेड गर्दाका नियम, सेयर बजारमा हुने सम्भावित चलखेल, नेपाली सेयर बजारमा विद्यार्थीको भविष्य, सेयर बजारमा हुने बुल र बियर साइकलको उपयोगीता, ट्रेड गर्ने कम्पनी छान्ने तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । तालिम सेयर बजारका जानकार सुरज प्याकुरेलले प्रदान गरेका थिए । उनले विभिन्न कलेजमा बिबिए अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पेपर ट्रेडिङका विषयमा तालिम दिँदै आएका छन् भने असार महिनामा पनि ३ कलेजमा यस्तो तालिम दिँदैछन् ।

तालिमका क्रममा ब्रोकर नम्बर ८७ ले विद्यार्थीहरुलाई नि:शुल्क डिम्याट खाता खोल्ने व्यवस्थासमेत गरेको थियो । कार्यक्रम भीएस निकेतन कलेज अन्तर्गतको VSSOM Investment Club ले आयोजना गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्