×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK
SHREE KESH

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: