×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

३१ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले बढेर एक लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १८८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २५ हजार ९ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २५ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६१६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी