Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ महानगरमा ३० जना हेभी ड्राइभर माग, कसरी दिने आवेदन ? 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर्मचारी माग गरेको छ । महानगरले ३० जना हेभी ड्राइभर माग गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिकामा कायम रहेको अस्थायी दरबन्दीमा करारमा हेभी ड्राइभर पदका लागि कर्मचारी माग गरेको छ । 

महानगरको सूचना अनुसार उक्त पदमा आवेदन दिनको उमेर हद २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । उक्त जागिरका लागि महिला/पुरुष दुवैले आवेदन दिन सक्नेछन् । 

आवेदन दिने उम्मेदवार साधारण लेखपढ गर्न सक्ने हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नागरिकले साउन १६ गतेसम्म महानगरको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिन सक्नेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK