Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षीय जीवन कडरिया र ४६ वर्षीय चूडा बहादुर खड्का रहेका छन्। 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

पक्राउ परेका जीवन कडरियाले क्यानडा पठाइदिने भन्दै ४ लाख २० हजार ठगी गरेका थिए भने चूडा बहादुर खड्काले ३ जनालाई कोरिया पठाइदिने भन्दै १७ लाख ठगी गरेको प्रहरीले जनाएको छ। 

हाल पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK