काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाई नियन्त्रणमा लिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह धामी र अशोक सिंह धामीलाई चार लाख १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।
उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजारको दुईवटा चेक गरी पाँच लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्