×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस लिएको आरोपममा दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घुस लिएको आरोपममा दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

Artha Sarokar

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाई नियन्त्रणमा लिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह धामी र अशोक सिंह धामीलाई चार लाख १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजारको दुईवटा चेक गरी पाँच लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी